Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

चीनमाथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ । ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाउनुभएको थियो । त्यतिखेर पनि उहाँले फेरि कर बढाउने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरूसँग व्यापारसम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहनुभएको खबरमा उल्लेख छ ।राष्ट्रपति ट्रमले हिजो मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिनुभएको थियो । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।

गएको वर्ष यी देशले अमेरिकामा आयातको ४० प्रतिशतभन्दा धेरैको योगदान गरेका थिए । तीन देशका सामानहरूमा बढाइएको करका कारण अमेरिकामा प्राय सबै सामानमा उच्च मूल्य वृद्धि हुनसक्ने भन्दै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com