आज एमालेको सचिवालय बैठक बस्दै

फागुन, १८ काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।
बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।