Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

युक्रेनका राष्ट्रपति बेलायतमा : प्रधानमन्त्री स्टार्मरसँग भेटवार्ता, सैन्य सहयोगमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भएको भेटमा चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुग्नुभएको छ ।

जेलन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । रूस–यूक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको मतभेदलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बेलायतले युक्रेनको साथमा रहेको प्रतिक्रिया जनाएको थियो ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले जेलेन्स्कीसँगको भेटमा पनि युक्रेनलाई बेलायतको साथ रहेको दोहोर्‍याउनुभयो । राष्ट्रपति जेलेन्स्कीले बेलायतको साथ र सहयोगका लागि धन्यवाद दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच शुक्रवार भएको भेटका क्रममा चर्काचर्की भएपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास तत्कालका लागि असफल भएको छ । साथै युक्रेन र बेलायतबीच दुई दशमलव २६ बिलियन पाउण्डको नयाँ ऋण सम्झौता भएको छ ।जेलेन्स्की र बेलायतका प्रधानमन्त्री स्टार्मरले सैन्य सहयोगका लागी ऋण पत्रमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com