Yeti Khabar

२०८१ फाल्गुन २०, मंगलवार - Tue Mar, 2025 -

क्यानाडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने अमेरिकी व्यवस्था आजदेखि लागू हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताउनुभएको छ । उहाँले चिनियाँ आयातमा कर दोब्बर पारेर २० प्रतिशत पुर्‍याउने पनि दाबी गर्नुभएको छ ।

चीनले अमेरिकामा फेन्टानिल पदार्थको प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै ट्रम्पले आयात कर बढाउने बताउनुभएको बीबीसीले जनाएको छ । आयात कर नीतिले क्यानडा र मेक्सिकोलाई पनि अवैध लागूऔषध र आप्रवासीलाई देशमा प्रवेश गर्नबाट रोक्न थप काम गर्न बाध्य पार्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

ट्रम्पले अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरूमा कर वृद्धि गरेपछि बजार घटेको छ । तीन वटै देशले कर वृद्धिको प्रतिक्रियामा अमेरिकासँग बदला लिने बताएका छन् । चीनले केही अमेरिकी सामानमा १५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ । यसले व्यापार युद्ध फराकिलो हुने सम्भावना बढाएको खबरमा उल्लेख छ ।

विज्ञहरूले अमेरिकी उपभोक्ताहरूलाई केही उत्पादनको मूल्य उच्च हुने भन्दै चेतावनी दिँदै आएका छन् । क्यानडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजारमा गिरावट आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com