Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ ।

उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो ।

ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गर्नुभएको हो ।

आतंकवादी सङ्गठनको रूपमा सूचीबद्ध संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नराख्ने अमेरिकी नीति अनुसार अमेरिका अहिलेसम्म विद्रोही समूहसँग प्रत्यक्ष संलग्न भएको छैन । तर पछिल्लो समय अमेरिकाले हमासलाई बन्धक रिहा नगरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइरहेको छ ।

उहाँले बन्धकहरुलाई तत्काल रिहा गर्न र हत्या गरिएका मानिसको सबै शव तुरुन्तै फिर्ता गर्न हमासलाई आग्रह गर्नुभएको छ ।

ट्रम्पले गाजामा इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम अन्तर्गत रिहा भएका बन्धकहरूको समूहसँग भेट गरेपछि उहाँको धम्कीपूर्ण प्रतिक्रिया आएको हो ।

ट्रम्पले यसअघि गएको डिसेम्बरमा पनि ट्रम्पले आफूले पदभार ग्रहण गर्ने समयसम्म बन्धकहरूलाई रिहा गरिएन भने राम्रो नहुने भन्दै धम्की दिनुभएको थियो । अमेरिका, इजिप्ट र कतारले गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता गर्ने वार्तामा प्रमुख भूमिका खेलेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com