पोखरामा झडप दुबै पक्षका केही घाइते

फागुन,२३ काठमाडौं । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । आज महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको छ ।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ ।