सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकबीच झडप

सिरियाको राजधानी दमास्कसमा नयाँ सरकार समर्थक सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकहरूबीच झडप भएको छ । सिरियाकोे उत्तरपश्चिमी तटीय क्षेत्रमा रुस नियन्त्रित एयरबेस नजिकै लताकिया प्रान्तमा भएको झडप भएको हो ।
गएको डिसेम्बरमा बसर अल–असदको सरकार ढलेपछि सिरियाको इस्लामिक सरकारसँग सम्बन्धित सेनाहरूसँगको यो सबैभन्दा हिंस्रक झडप भएको बीबीसीले जनाएको छ ।
गएराति भएको झडपमा कयौँ मनिसको हताहती भएको खबर छ तर यकिन तथ्याङ्क भने पुष्टि भएको छैन । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार झडपका क्रममा सेनाको आक्रमणमा परेर झण्डै ७० जना पूर्व सरकारी लडाकूहरू मारिएका छन् । २५ जनाभन्दा धेरै मानिस पक्राउ परेका छन् ।
एएफपीले भने एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै १६ सरकारी सुरक्षाकर्मी, २८ असाद समर्थक र चार सर्वसाधारणसहित ४८ जनाको ज्यान गएको उल्लेख गरेको छ । एजेन्सी