आज माओवादीको पदाधिकारी बैठक बस्दै

फागुन, २६ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को हिजो बस्ने भनिएको पदाधिकारी बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।
हिजो बस्ने भनिएको बैठक आज बिहानका लागि सारिएको थियो। माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान चलाइरहेको थियो। हिजोदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए।