बाजुरामा ट्याक्टर दुर्घटना हुँदा, १ जनाको मृत्यु

फागुन, २६ काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा बूढीगंगा नगरपालिका–४, खोडालबाडाका अन्दाजी ३३ वर्षीय पदमबहादुर रावतको ज्यान गएको छ ।
मृतक रावत ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले बताए । उनका अनुसार, ट्याक्टरमा सवार ४ जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते सञ्जयको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले जानकारि दिनुभयो । अन्य तीन जना सकुशल छन् ।