बोरा भित्र २९ किलो चरेससहित, ३ जना पक्राउ

फागुन, २७ काठमाडौं । दाङको घोराहीबाट साढे २९ किलो चरेशसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरु सबै रुकुम पूर्वका हुन्। रुकुम पूर्वको भूमे गाँउपालिका – २ खबाङका ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाँउका ५३ बर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन पक्राउ परेका छन्।
पक्राउ परेका मध्य फर्कबहादुरको साथबाट १५ किलो १२३ ग्राम र रुपधनको साथबाट १४ किलो ५७२ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारि दिनुभयो ।