घट्यो सुनको मुल्य

चैत्र, ३ काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार सुन चाँदीको मूल्य घटेको छ। सुन यसअघि शुक्रबार प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आज ४०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज सुन एक लाख ७४ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी पनि केही घटेर २ हजार ४५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।