होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु

चैत्र, ३ काठमाडौं । धनुषामा होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको छ ।
अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा हिजो राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारि दिए ।