Yeti Khabar

२०८१ चैत्र ६, बुधबार - Wed Mar, 2025 -

तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको ज्यान गयो

तनहुँ – तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रवार बेलुका च्याउ खाँदा १० जना बिरामी परेका थिए ।

नारायणको पोखरामा उपचारका क्रममा हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बिरामी परेका नौ जनाको अवस्था भने खतरामुक्त छ ।

सर्वलाङ बस्ने ३० वर्षीय नारायणको बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका उनीहरु बिरामी भएका हुन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com