२५ करोड बराबरको विदेशी मुद्रा बरामद

चैत्र, ५ काठमाडौं । २५ करोड बढी रुपैयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको छ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले बताए बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले बताएको छ ।