सुनको भाउमा नयाँ कीर्तिमान

चैत्र, ५ काठमाण्डौ । आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । सोमाबार सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले बताएको छ ।