Yeti Khabar

२०८१ चैत्र ६, बुधबार - Wed Mar, 2025 -

पोखरामा वडाध्यक्षमाथि रड प्रहार गर्ने व्यक्ति पक्राउ

चैत्र, ५ काठमाडौं । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिमाथि हातपात भएको थियो ।

शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए । घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com