सुनको भाउ हाल सम्मकै उच्च विन्दुमा

२९ चैत, काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो भाउ वृद्धिसँगै छापावाल सुन तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सयमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले बताएको छ ।