२७०० रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख, ३ काठमाडौँ ।आज सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।