Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकासको अवलोकन

बैशाख, ३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य विक्रम थापा ‘सलिम’ को सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायत पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो। सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा ज्यान गुमाएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com