दाङमा लागुऔषधसहित चार जना प्रकाउ

वैशाख, ३ काठमाडौं । दाङमा लागुऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पाको रोल्पा नगरपालिका–८ घर भएका २६ वर्षीय रवीन घर्ती मगर, सोही ठाउँका २५ वर्षीय विकाश केसी, सोही पालिका–२ का २७ वर्षीय समीप रोका मगर र सोही पालिका–२ का २५ वर्षीय रिमन पुन मगर छन् ।
उनीहरुलाई घोराही उपमहानगरपालिका–२९ दुईखोलीबाट प्रहरी चौकी दुईखोलीले पक्राउ गरेको छ । उनीहरुबाट ५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै मनोद्धिपक पदार्थ ७४० क्याम्पुल पनि बरामद भएको छ ।