Yeti Khabar

२०८२ बैशाख ७, आईतवार - Sun Apr, 2025 -

प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

बैशाख, ३ काठमाडौं । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ। श्रेष्ठको हिजो साँझ ९३ वर्षको उमेरमा उहाँको निधन भएको छ।

श्रेष्ठ लामो समयदेखि बिरामी थिए। श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२/०६३ को जनआन्दोलन सहभागी भएका थिए। श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहका थिए। स्व श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ।

स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली लगायतले शोक विज्ञप्तिमा दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com