रास्वपाको केन्द्रीय समिति बैठक विहीबार बस्दै

बैशाख, ३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा भोली दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार बैठकमा महाधिवेशन कार्य विवरण, जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषयमा पनि छलफल हुनेछ ।