Yeti Khabar

२०८२ बैशाख ८, सोमबार - Mon Apr, 2025 -

डिजिटल सेवा कर लगाउने देशलाई अमेरिका र इटालीको संयुक्त चेतावनी

अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गर्नुभएकोमा अमेरिका र इटालीले पुनः संयुक्त विज्ञप्तl निकालेर चेतावनी दिएका बीबीसीले जनाएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँगको भेटपछि डिजिटल सेवा कर पक्षपाती प्रावधान भएको ठहरसहित संयुक्त jक्तव्य जारी गर्नुभएको हो ।

ट्रम्पले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडालगायत देशमाथि अनुसन्धान शुरू गर्न र प्रतिक्रियात्मक कर प्रस्ताव गर्न दुई महिनाअघि आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिनुभएको थियो ।  गुगल, फेसबुक, एप्पल, अमेजनजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीप्रति लक्षित सेवा कर अमेरिकाका लागि चिन्ताको विषय बनेको छ ।

नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको छ । भारतले सन् २०१६ देखि ६ प्रतिशत डीएसटी लगाउँदै आएकोमा ट्रम्पले विरोध गरेपछि खारेज गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com