Yeti Khabar

२०८२ बैशाख ११, बिहीबार - Thu Apr, 2025 -

अमेरिकी उपराष्ट्रपति भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँहरुबीच दुई देशबीच स्वच्छ व्यापार र रक्षा साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ

उपराष्ट्रपति भान्स भारतको चार दिने भ्रमणका लागि परिवारसहित हिजो नयाँ दिल्ली पुग्नुभएको हो । भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने खबरमा उल्लेख छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com