थप १५ जनामा कोरोना संक्रमण पुष्टि एकजनाको मृत्यु
२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ३ जनाको एन्टीजेन परीक्षणमा जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१३ होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ ।