थप १४ जनामा कोरोना संक्रमण पुष्टि
२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण १४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।