एमसीसी राष्टघाती छ पास नगर्नुहोस मोहन वैध
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण बीच एमसीसीबारे छलफल भएको छ । ‘प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । प्रचण्ड ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले भने यो राष्ट्रघाती छ पास गर्नु हुदैन .