पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी
जेठ, ३ काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका हुन् ।
भण्डारीले ५९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याएका छन् ।
उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५१६८ ल्याएकी छिन् । रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।