सिके राउतको पार्टीले नगरपालिकाको मेयरमा जित्यो
जेठ, ४ काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्।
उनले जनता समाजवादी पार्टीका शैलेसकुमार साहलाई पराजित गरेका हुन्। माझीले ६४०७ मत पाए भने साहले ६२४६ मत ल्याए।