गठबन्धनका धनराज आचार्य दुई हजार मतले अगाडि
जेठ, ५ काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् ।