जनमत पार्टीको बलान बिहुलमा यादव विजयी
जेठ,५ काठमाडौं । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् ।