भरतपुर महानगरपालिकामा रेनु दाहालको मतान्तर हवात्तै बढ्यो
जेठ,८ काठमाण्डै । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।
रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।