Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

अब मात्र ५३ स्थानीय तहको नतिजा घोषणा गर्न बाँकी

स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत मरिणाम घोषणा हुन सकेको छैन । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो ।

जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ। काँग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् । यस्तै गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com