कोहलपुर नगरपालिकामा काँग्रेसका उम्मेदवार विजयी
जेठ, ८ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गरेका थिए ।