निःशुल्क शव वाहनको व्यवस्था
जेठ,९ काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले बताए ।
उनले भने जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ ।