शिक्षकविरुद्ध ३ जनाले दिए किटानी जाहेरी, २ शिक्षक पक्राउ
जेठ, १० काठमाडौं । शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।
विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिए । उनका अनुसार ३ विद्यार्थीले दिएको जाहेरी अनुसार शिक्षकहरुविरुद्ध बाल यौन दूराचार मुद्दामा अनुसन्धान भइरहेको छ ।