सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा
जेठ,१० काठमाडौं । सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् ।