धम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जना पक्राउ
जेठ, १३ काठमाडौं । धाकधम्की दिँदै ७ करोड माग गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर तथा भेटेरै धम्की दिएर ७ करोड माग्ने सुजन आचार्यसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका सुजन आचार्यसहित, कालिकोटका टेक बिक, बझाङका धर्मराज थापा, गुल्मीका बसन्ता खनाल, काठमाडौंका श्रवण कार्की, काभ्रेका उमेश भण्डारी र चितवनका सुरज शर्मा रहेका छन् ।
प्रहरीले पीडितको परिचय भने खुलाएको छैन ।