उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन ओखर पौवा: बालेन्द्र साह
जेठ, १३ काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोटस्थित ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा कालो चस्मा खोलेका छन् ।
चुनावी अभियानमा रहँदा उनी सधैँ कालो चस्मामा देखिँदै आएका थिए । तर ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा चुनावी अभियानमा जस्तै टिसर्टमाथि कोट भने लगाएका थिए ।
काठमाडौंको मेयरको शपथग्रहण गरेकै दिन धन्यवाद जुलुस सकेर आज अपरान्ह उनी ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गर्न पुगेका हुन् ।