महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय टोलीको घोषणा
प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार भारतमा अर्को महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय टोलीको घोषणा गरेका हुन्।
टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरिसकेको छ। टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्री प्रकाश वैद्य रहेका छन्। प्रतियोगिता १५ देखि २५ मार्चसम्म भारतको जमसेदपुरमा हुँदैछ।