एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँक्रेविहारको अवलोकन
उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । शुक्रबार पनि नेपालले पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । नेपाल शनिबार मात्र काठमाडौं फर्कनेछन् ।
जेठ, २० काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेका छन् । पार्टीको कार्यक्रममा हिजो सुर्खेत आएका नेपालले आज दिउँसो काँक्रेविहारको भ्रमण गरेका छन ।
उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । नेपाल भोली मात्र काठमाडौं फर्कनेछन् ।