Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

पक्राउ परेका बञ्चरेडाँडाका १४ जना स्थानीय छुटे

२४ जेठ,काठमाडौं । फोहोर बोकेको ट्रकलाई अवरोध गरेको भन्दै पक्राउ परेका बञ्चरेडाँडाका १४ जना स्थानीय छुटेका छन् ।
फोहोर विसर्जन सकिएपछि प्रहरीले उनीहरूलाई छोडेको धुनेवेशी नगरपालिका- १ का वडाध्यक्ष मानबहादुर लामाले बताए ।

भोलि पनि शान्तिपूर्ण आन्दोलन हुने लामाले बताए । स्थानीयको अवरोधका बीच आज १५२ वटा ट्रक फोहोर बोकेर बञ्चरेडाँडा पुगेका थिए ।

फोहोर व्यवस्थापनमा सहमति भएपछि काठमाडौंको फोहोर उठाएका ट्रकहरू बञ्चरेडाँडा पुगेका थिए । तर, स्थानीयले भने अवरोध पुर्‍याएका थिए । स्थानीयको अवरोधपछि प्रहरीले बल प्रयोग गरेर फोहोर व्यवस्थापन गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com