एक महिनापछि मुगुमा आइपुगे पाठ्यपुस्तक
जेठ, २९ काठमाडौं । हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो ।
शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।
कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेको जनाएको छ । कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएको छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।