एमाले नेताहरूले साउनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
जेठ, ३१ काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पदमा आसीन पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले यसअघि नै सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि स्थानीय चुनावका कारण सो प्रक्रिया रोकिएको थियो ।
आयोगका अध्यक्ष केशव बडालले अब साउन महिनाभित्र सबैले सम्पत्ति विवरण बुझाउनुपर्ने आजको आयोगको पूर्ण बैठकले निर्णय गरेको जानकारी दिए । आयोगले साउन महिनाभर सातै प्रदेशमा सम्बन्धित पार्टी कमिटीलाई प्रशिक्षण दिने पनि निर्णय गरेको छ । पार्टी र आयोगबीच समन्वय बढाउन प्रशिक्षण दिने निर्णय गरिएको बडालको भनाइ छ ।