थप २५ जनामा कोरोना संक्रमण पुष्टि ९७ जना संक्रमित
असार, १ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।