रुवाखोलाको पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु
असार, २ काठमाडौ । तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो ।