धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न
असार,१६ काठमाडौं । दुई दिनदेखिको अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न भएको छ ।
उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।
धनगढीमा पानीको निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानको समस्या भोग्ने गरेका छन् ।
धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म रोकिएको छैन ।