पानी जमेको खाल्डोमा युवतीको शव फेला
असार, २० काठमाडौं। पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र आज बिहान युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।