टिकटकमा अफवाह फैलाउने लाइ प्रहरीले कारबाही गर्ने
काठमाडौं प्रहरीले युट्युव टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक सूचनाहरु राख्नेमाथि कारबाही गर्ने जनाएको हो।
शुक्रबार प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको सूचनामा केही दिन यता विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरि युट्युब, टिकटक लागयका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खोजिएको भन्दै त्यसो गर्नेमाथि कानुन बमोजिम कारबाही गर्ने जनाइएको हो।
भ्रामक एवं झुट्टा क्याप्सन राखि भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ।