Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

कोहलपुर हिरासतमै महिलामाथि बलात्कारको प्रयास

साउन,१३ काठमाडौं । इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई यहाँका प्रहरी सहायक निरीक्षक (असइ) प्रवीण चौलागाईले यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका छन्।

आज बिहान करिब २ बजे असइले ति महिलालाई यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका हुन्। बहुविवाहमा हिरासतमा रहेकी ती महिलाले प्रतिकार गरेपछि उनले बलात्कार भने गर्न पाएनन्। स्रोतका अनुसार ति असइले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेका थिए।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए। ‘हामीले पीडित भनिएकी महिलाको कुरा पनि सुनिऔँ,’ उनले भने, ‘यौन दुर्व्यवहारको आरोप लागेका असइ चौलागाईंलाई पनि नियन्त्रणमा लिएका छौँ।’

इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com